images

२०८३ आश्विन २२ गते

images
images
images

पुस महिनामा अटोमेटिक रूट र प्रत्यक्ष गरी पाँच अर्ब रूपैयाँको विदेशी लगानी स्वीकृत

पुस महिनामा अटोमेटिक रूट र प्रत्यक्ष गरी पाँच अर्ब रूपैयाँको विदेशी लगानी स्वीकृत

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । पुस महिनामा करिब पाँच अर्ब रूपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ।उद्योग विभागका अनुसार अटोमेटिक रूट र प्रत्यक्ष रूपमा गरी ३५ परियोजनाको लागि चार अर्ब ९९ करोड ९१ लाख रूपैयाँ बराबरको लगानी स्वीकृत गरिएको हो।यसमध्ये एक ठूलो उद्योग, एक मध्यम उद्योग र ३३ साना उद्योग रहेका छन्।

    images
    images

    ६ महिनाको अवधिमा भने ३५४ परियोजनाको लागि २५ अर्ब २७ करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ।यी मध्ये ३४५ साना, ५ मझौला र ४ वटा ठूला उद्योग रहेका छन्।६ महिनाको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटनमूलक उद्योगको लागि छ।

    यस्ता १५७ वटा उद्योगमा मात्रै करिब १७ अर्ब रूपैयाँको लगानी प्रतिबद्धता छ।अन्य सेवामूलक ४५ उद्योगको लागि पाँच अर्ब १५ करोड लगानी प्रतिबद्धता छ।

    images
    images

    उत्पादनमूलक २५ उद्योगको लागि दुई अर्ब पाँच करोड, कृषिमूलक ६ वटाको लागि ७४ करोड, पूर्वाधारमूलक दुई वटाको लागि १२ करोड र सूचना प्रविधिमूलक ११९ वटाको लागि ७४ करोड रूपैयाँ बरारबको विदेशी लगानी प्रतिबद्धता आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend