images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • गतवर्षको तुलनामा विराटनगर र काँकरभिट्टाको लक्ष्यअनुसार...

गतवर्षको तुलनामा विराटनगर र काँकरभिट्टाको लक्ष्यअनुसार राजस्व असुलीमा सामान्य वृद्धि

गतवर्षको तुलनामा विराटनगर र काँकरभिट्टाको लक्ष्यअनुसार राजस्व असुलीमा सामान्य वृद्धि

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • विराटनगर । कोशी प्रदेशका प्रमुख दुई भन्सार कार्यालय विराटनगर र काँकरभिट्टाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसके पनि गतवर्षको तुलनामा दुबै कार्यालयको राजस्व असुली सामान्य बढेको छ ।विराटनगर भन्सारले गत आर्थिक वर्षको यो अवधिमा लक्ष्यको करिव ६० प्रतिशत मात्र राजस्व असुली गरेको थियो । चालु वर्ष असुली वृद्धि भएर साढे ७७ प्रतिशत पुगेको छ ।

    images
    images

    यसको मुख्य कारण औद्योगिक कच्चा पदार्थ आयात र निकासी बढनु रहेको भन्सार प्रमुख ज्ञानेन्द्र ढकालको प्रतिक्रिया छ ।यो भन्सारले गतवर्ष २५ अर्ब ३३ करोड ९४ लाख ५५ हजार असुली लक्ष्य राख्दा १५ अर्ब ४ करोड ४० लाख ७९ हजार मात्र असुली गरेको थियो । चालु वर्ष २० अर्ब ७ करोड ५३ लाख ८६ हजार असुली लक्ष्य राख्दा ७७.५५ प्रतिशत अर्थात १५ अर्ब ५६ करोड ६७ लाख ३४ हजार रुपैयाँ असुली गरेको छ ।

    यो असुली गत वर्षको तुलनामा ५२ करोड २७ लाख बढी हो । विराटनगर नाकावाट पुस सम्ममा ८९ अर्ब ४३ करोड मूल्य वरावरका सामान आयात हुँदा २२ अर्ब २३ करोड मूल्यका सामान निकासी भएका छन् ।भन्सारको तथ्याङक अनुसार पुसमा मात्र यो नाकाबाट १९ अर्ब ६७ करोडको आयात हुँदा ७ अर्ब ११ करोडको निकासी छ । यसकै कारण पुसमा भन्सारले लक्ष्यको ९६.१५ प्रतिशत राजस्व असुली गरेको छ । यो महिना ३ अर्ब ३१ करोड असुली लक्ष्य रहदा ३ अर्ब १९ करोड असुली भएको छ ।

    images
    images

    विराटनगर नाकाबाट मुख्य गरेर एचआरसीट, भटमासको कच्चा तेल, पोलिथिन दाना, शुद्ध फलाम, एलपी ग्यास, सुर्यमुखी कच्चा तेल, स्टेपल फाइवर, कपर वायर, स्टिल वायर रड इन क्वायल र ८ एमएस, औधोगिक मेशिनरी र कोइलाको आयात हुन्छ ।त्यसैगरी यो नाकाबाट भटमासको प्रशोधित तेल, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका कपडा, जुटका वोरा र झोला, सिआरसिट, प्लाइउड, कोरुगोटेड सीट जस्तापाता र फलामे पाताको निकासी हुने गरेको छ । विराटनगर भन्सारको चालु वर्षको राजस्व असुली लक्ष्य ४१ अर्ब ५५ करोड छ ।

    यो कार्यालयले ५० अर्ब ८१ करोड राजस्व असुलीगर्ने लक्ष्य राख्दा ३० अर्ब ३५ करोड मात्र असुली भएको थियो ।त्यसैगरी काँकरभिट्टा भन्सारले चालु वर्षको ६ महिनामा लक्ष्यको ९१.२४ प्रतिशत राजस्व असुली गरेको छ । गतवर्ष यो अवधिमा यो कार्यालयको राजस्व असुली झण्डै ६५ प्रतिशतमात्र थियो ।चालु वर्ष ८ अर्ब २३ करोड ५३ लाख ४५ लाख असुली लक्ष्य राखेको यो कार्यालयले ७ अर्ब ५१ करोड ३५ लाख ५५ हजार रुपैयाँ असुली गरेको छ ।

    यसको मुख्य कारण पेट्रोलियम पदार्थको आयात बढ्नु रहेको भन्सारको भनाइ छ । यो भन्सारको राजस्व असुलीको झण्डै ७५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थमा निर्भर रहेको छ । गतवर्ष ९ अर्ब ५५ करोड ७१ लाख ७० हजार असुली लक्ष्य रहँदा यो कार्यालयले ६ अर्ब ८५ करोड ६८ लाख ७८ हजार रुपैयाँ असुली गरेको थियो । यो कार्यालयको चालुवर्षको राजस्व असुली लक्ष्य १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend