images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने तयारीमा...

पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने तयारीमा राष्ट्र बैंक,१५ दिनको सफाइको अवसर

पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने तयारीमा राष्ट्र बैंक,१५ दिनको सफाइको अवसर

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ। राष्ट्र बैंकको सञ्चालक समितिले पोखरा फाइनान्सलाई १५ दिनको भित्र सफाइका लागि अवसर दिने निर्णय गरेको हो। यस निर्णयसँगै, पोखरा फाइनान्सले १५ दिनभित्र आफ्नो वित्तीय स्थिति सुधार गर्नुपर्नेछ, जुन संस्थाको लागि ठूलो चुनौती बन्न सक्छ।

    images
    images

    पोखरा फाइनान्सको वित्तीय स्थिति गम्भीर बनेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सको खराब कर्जा १४.४४ प्रतिशतमा रहेको थियो भने राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसलाई ४१.०७ प्रतिशतसम्म पुगेको देखाउँछ। यससँगै, पोखरा फाइनान्सको पुँजीकोष पनि ऋणात्मक स्थितिमा पुगेको छ, जुन ८.५७ प्रतिशतले घटेर झन्डै ७१ करोड ११ लाख रुपैयाँको ऋणात्मक भएको छ।

    यस पृष्ठभूमिमा, राष्ट्र बैंकको व्यवस्थाले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषित गर्दै यसको टेकओभर गर्ने प्रक्रियामा जानुपर्ने अवस्था देखिन्छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend