images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • शिवम् सिमेन्टको ९ औं ...

शिवम् सिमेन्टको ९ औं बार्षिक साधारणसभा सम्पन्न, नौ प्रतिशत लाभांश वितरण गर्ने

शिवम् सिमेन्टको ९ औं बार्षिक साधारणसभा सम्पन्न, नौ प्रतिशत लाभांश वितरण गर्ने

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको ९ औं बार्षिक साधारणसभा नौ प्रतिशत लाभांश वितरण गर्ने गरी शिवम् सिमेन्टको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    images
    images

    आ.व. २०८०/०८१ को बार्षिक साधारणले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँको ८.५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५०० रुपैयाँ बराबरका १०० रुपैयाँ दरले ४२ लाख ९८ हजार ८५ थान वोनश शेयर र उक्त वोनश शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूंजीको ०.४५ प्रतिशतका दरले हुने २ कारोड २६ लाख २१ हजार ५०० रुपैयाँ नगद लाभाँस सहित कुल जम्मा ९ नौ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

    शिवम् सिमेन्ट्सका संचालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौंमा आयोजना गरेको सभाले कम्पनी संचालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरणहरु पारित गर्ने, आगामी आ.व. २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका सामान्य प्रस्तावहरु र वोनस शेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारी पूंजी समेत बृद्धि भई कम्पनीको जारी तथा चुक्ता पूंजी ५ अर्व ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ कायम गर्ने समेतका सबै सामान्य र विशेष प्रस्तावहरु पारीत गरी वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend