images

२०८३ आश्विन २२ गते

images
images
images

पुस महिनामा ९.४५ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

पुस महिनामा ९.४५ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पुस महिनामा घरजग्गा कारोबार बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो।

    images
    images

    पुसमा देशभर ४७ हजार चार सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ। यो अघिल्लो महिनाको तुलनामा ९.४५ प्रतिशतले बढी हो। मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ।

    गत वर्ष पुसको तुलनामा पनि यो वर्ष पुसमा घरजग्गा कारोबार ४.८६ प्रतिशतले बढेको छ। गत पुसमा देशभर ४५ हजार दुई सय ७५ संख्यामा घरजग्गा किनबेच भएको थियो।घरजग्गा कारोबार बढेसँगै राजस्व पनि बढेको छ। पुसमा सरकारलाई चार अर्ब ६३ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। यो अघिल्लो महिनाको तुलनामा एक अर्ब बढी हो।

    images
    images

    गत पुसको तुलनामा यो वर्ष ४४ प्रतिशतले राजस्व बढेको छ। गत वर्ष पुसमा भएको घरजग्गा कारोबारबाट सरकारलाई तीन अर्ब २० करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

    घरजग्गा व्यवसाय सुरक्षित देखिएकाले यसप्रति व्यवसायीको रूचि बढेको हुनसक्ने नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष विष्णु प्रसाद घिमिरेले बताउँछन्।'बीचमा मानिसहरू सेयर बजारतिर लागेका थिए। त्यो खासै माथि उठ्न सकेन,' उनले भने, 'घरजग्गाको लगानी सुरक्षित देखेर घरजग्गा कारोबारप्रति आकर्षित भएको हुनसक्छ।'व्यवसायीको यो विश्वासलाई निरन्तरता दिन सरकारले पनि नीतिगत रूपमा सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend