images

२०८३ आश्विन २२ गते

images
images
images

लेखनाथ महोत्सवमा साढे नौ करोडको कारोबार,३ लाखभन्दा बढी  दर्शकले गरे अवलोकन

लेखनाथ महोत्सवमा साढे नौ करोडको कारोबार,३ लाखभन्दा बढी  दर्शकले गरे अवलोकन

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २०औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार समापन भएको छ।

    images
    images

    समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेखनाथ पर्यटकीय गन्तव्य भएको बताए। आचार्यले यस क्षेत्रमा २१ ओटा विभिन्न परियोजना जस्तै  वेगनास तालको वाटर स्पोर्ट, पोखराको प्रवेशद्वारमा रहेको हेलमेटडाँडा लगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रलाई लगानी गर्न सक्रिय सहभागिताका लागि आह्वान गर्दैे पोखरा आफैंमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्य लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सवले उत्पादक र उपभोक्तालाई एकै थलोमा ल्याएर व्यापार र पर्यटनको विकासमा सहयोग पुगेको बताए। कार्यक्रममा प्रेस रजिष्ट्रार गण्डकी प्रदेशकी विमला भण्डारीले  व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताइन्।रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको व्यापार प्रवद्र्धन भएको र आगामी दिनमा अझ पर्यटकीय स्थल र ऐतिहासिक स्थलको खोजी गर्न आग्रह गरे।

    images
    images

    पुस १८ गतेदेखि सञ्चालन भएको २० औँ संस्करणको महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शकले अवलोकन गरेका छन् भने सोही  अनुसारको कारोबारसमेत भएको छ। महोत्सव अवधिभर नौ करोड ५० लाख भन्दा बढीको कारोबार भएको र ३ लाखभन्दा बढी  दर्शकले अवलोकन गरेको प्रचारप्रसार संयोजक जानुका पराजुलीले बताइन्।

    महोत्सवमा आमा/महिला समूहहरूको आफ्नो झाँकीर्‍याली तथा भेषभूषा प्रदर्शनी, ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरूको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरू लक्षित लाइभ म्युजिक कन्सर्ट आकर्षणको रूपमा रहेका थिए।

    संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी राजुले गरेका थिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend