images

२०८३ आश्विन १९ गते

images
images
images

लमजुङमा यो वर्ष धान उत्पादन बढ्यो

लमजुङमा यो वर्ष धान उत्पादन बढ्यो

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • लमजुङ । लमजुङमा यो वर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोग लगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।  

    images
    images

    केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा  नौ हजार तीन सय एक हेक्टरमा धानखेती गरिएकामा ३१ हजार एक सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । जबकी गत आवमा सोही क्षेत्रफलमा २८ हजार छ सय ४७ मेट्रिटन धान उत्पादन भएको थियो । गत आवको तुलनामा चालु आवमा दुई हजार पाँचसय ११ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

    केन्द्रका अनुसार आव २०७९।८० मा ३० हजार नौसय ८६ मेट्रिकटन, आव २०७८।७९ मा ३० हजार छसय ९८ मेट्रिकटन, आव २०७७।७८ मा ४४ हजार चारसय २५ मेट्रिकटन, आव २०७६।७७ मा ४४ हजार एकसय ५५ मेट्रिकटन, आव २०७५।७६ मा ४४ हजार पाँचसय ४५ मेट्रिकटन आव २०७४।७५ मा ४३ हजार आठसय ३० मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend