images

२०८३ आश्विन २२ गते

images
images
images

राजस्व संकलनमा १३ प्रतिशतले वृद्धि, पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब संकलन

राजस्व संकलनमा १३ प्रतिशतले वृद्धि, पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब संकलन

images
images
मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • काठमाडौँ। चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको तुलनामा  यो ६३ अर्ब अर्थात् १३ प्रतिशतले बढी हो।

    images
    images

    गत आर्थिक वर्षको पुस मसान्त सम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहे पनि हाल सम्म वार्षिक लक्ष्यको ४० प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

    यद्यपि, चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो। अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो। पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरूप राजस्व संकलनमा केन्द्रित हुने बताए ।

    images
    images

    अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दूरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले असर पारे पनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रूपमा राजस्व संकलन भएको बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend