images

२०८३ आश्विन २२ गते

images
images
images

सहकारी नियमन गर्न कडा मापदण्ड बनाउँदै राष्ट्र बैंक

सहकारी नियमन गर्न कडा मापदण्ड बनाउँदै राष्ट्र बैंक

images
images
मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि जारी गरिएको निर्देशन तथा मापदण्डको मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मस्यौदा तयार पार्दै यहि माघ मसान्त सम्म आवश्यक राय तथा सुझाव मागेको हो ।

    images
    images

    राष्ट्र बैंकले सहकारीले बिनाधितो ऋणमा शतप्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने प्रस्ताव गरेको छ । ऋण वर्गीकरण गर्दा न्यूनतम ऋण नोक्सानी व्यवस्था गर्नुपर्ने, जसमा असल १ प्रतिशत, कमसल, २५ प्रतिशत,शंकास्पद ५० प्रतिशत र खराब शतप्रतिशतमा राख्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

    कुल निक्षेपको बढीमा ९० प्रतिशत मात्र कर्जा दिन पाइने, सदस्य भन्दा बाहिर कारोबार गर्न नपाइने, सरकारी ऋणपत्र बाहेक शेयर तथा घर जग्गामा लगानी गर्न नपाइने व्यवस्था पनि मस्यौदामा गरिएको छ ।

    images
    images

    कर्जा र निक्षेपको ब्याज अन्तर ६ प्रतिशत कायम गर्नुपर्ने, एक जिल्ला कार्यक्षेत्र भएको संस्थाले दश लाख र एक भन्दा बढी जिल्ला कार्य क्षेत्र भएको पच्चीस लाख र एक प्रदेश भन्दा बढी कार्यक्षेत्र भएको सहकारीका लागि पचास लाख रुपैयाँको बचत सीमा तोक्ने, एक वर्ष भन्दा बढी भाखा नाघेकोलाई खराब कर्जामा वर्गीकरण गर्ने, १० लाख भन्दा माथिको कारोबारमा अनिवार्य स्रोत खुलाउनु पर्ने लगायतका प्रस्ताव मस्यौदामा गरिएको छ ।

    सदस्य भएको तीन महिना नपुगेकालाई ऋण लगानी गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने पनि राष्ट्र बैंकले तयार गरेको मस्यौदामा उल्लेख छ । संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको ५ गुणा वा बढीमा रु ३ लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकम मात्र बिना धितो ऋण प्रवाह गर्न सक्नेछन् । यसरी बिना धितोकर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनुपर्नेछ । सञ्चालकले आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋण बाहेक कुनै प्रकारको थप ऋण लिन नपाउने पनि व्यवस्था गरिएको पनि मस्यौदामा उल्लेख गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend