images

२०८३ आश्विन २० गते

images
images
images

आज माघेसंक्रान्ति, यस्तो छ महत्व

आज माघेसंक्रान्ति, यस्तो छ महत्व

images
images
मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा साउने संक्रान्ति पछि माघे संक्रान्तीको बिशेष महत्व रहेको छ । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । 

    images
    images

    आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ । मगर समुदायले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा लिन्छन, सो समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा रहेको छ भने थारू समुदायले पनि माघी धुमधामका साथ मनाउँछन् ।  

    थारु समुदायमा पौष महिनाको अन्तिम दिन ‘जिता मरना’ भन्दै सुँगुर काट्ने चलन रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रूपमा ‘धमार गीत’ गाउँदै रमाइलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन रहेको छ भने नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउँछन । आज पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरु भएको मानिन्छ । 

    images
    images

    आज बिशेष गरी तिलका परिकार, तरूल, चाकु खाने गरिन्छ । बिज्ञानले पनि तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । हिन्दु धर्म अनुसार तील होम होमादीमा चरुको रूपमा, पूजामा र दानमा पनि प्रयोग गरिन्छ,  कुनै पितृ कर्म अनि शुभ कार्यका लागि तिल अपरिहार्य रहेको छ। 

    आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो बढाउने र हिउँद घट्दै जानेछ । सनातन संस्कारमा जलाशयहरूमा गरिने माघमा गरिने स्नानको विशेष महत्त्व रहेको छ, जसलाइ मकर स्नान भनिन्छ । मकर सङ्क्रान्तिबाट सुरु हुने यस स्नान माघ महिनाभरि नै जारी रहन्छ ।

    उता, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो । तर, अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा शाष्त्रमा लेखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend