images

२०८३ आश्विन २२ गते

images
images
images

नेपाल टेलिकमको आम्दानी ४२ अर्ब, ६ अर्ब मुनाफा

नेपाल टेलिकमको आम्दानी ४२ अर्ब, ६ अर्ब मुनाफा

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौँ ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८०/८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेर ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको जनाएको छ । कम्पनीले ४१ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ ।

    images
    images

    टेलिकमको पुस २८ मा सम्पन्न १७ औँ वार्षिक साधारण सभाले यस वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले सेयर धनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले साधारण सभामा वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीले मुनाफाभन्दा सेवा भावलाई प्राथमिकता दिएको बताएकी थिइन् ।

    कम्पनीले सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजी/एलटीई प्रविधिमा आधारित भोल्टे तथा एफटीटीएच सेवा विस्तार सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको अर्यालले बताइन् ।अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाईव्यान्डविथ कनेक्टिभिटी विस्तार गर्ने र कन्टेन्टमा आरित भ्यालु एडेड सर्भिसहरूको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको उनको भनाइ थियो ।

    images
    images

    ‘टु जी प्रविधिमा आधारित भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्यालाई मध्यनजर गरी यसको गुणस्तरमा वृद्धि र सुधार गर्नुका साथै फोर जी सेवालाई सम्पूर्ण ग्राहकहरूको माझमा पुर्‍याउने कार्यलाई निरन्तरता दिइएको छ,’ उनले भनिन्, ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभ जी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार आवश्यक पूर्वाधारसहित परीक्षण सफल भएपश्चात् फाइभन जी सेवाको व्यावसायिक सञ्चालनको लागि अध्ययन भइरहेको छ ।’

    कम्पनीको साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम पुस २८गतेदेखि नै सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाइएको नेपाल टेलिकमले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend