images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज पनि बढ्यो सुनको मूल्य, तोलामा...

आज पनि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ५६ हजार नजिक

आज पनि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ५६ हजार नजिक

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौँ । स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सामान्य वृद्धि भएर तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ। 

    images
    images

     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो । 

    अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य वृद्धि भइरहेको छ । पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ हजार ८०० रुपैयाँ बढिसकेको छ । 

    images
    images

    केही समयअघि सरकारले भन्सार घटाएसँगै सुनको मूल्य ह्वात्तै सस्तिएको थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको सुनचाँदी व्यवसायीहरू बताउँछन् । 

    यसैबीच सोमबार  चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend