images

२०८३ आश्विन २० गते

images
images
images

पर्यटन प्रवर्द्धन र संरक्षणसँगै नदै गुफाको लागि ९० लाख बजेट विनियोजन

पर्यटन प्रवर्द्धन र संरक्षणसँगै नदै गुफाको लागि ९० लाख बजेट विनियोजन

images
images
शुक्रवार, आषाढ १४ २०८१
शुक्रवार, आषाढ १४ २०८१
  • जुम्ला / जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ ।

    images
    images

    पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो ।

    नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत ९० लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए। 

    images
    images

    सङ्घीय सरकारबाट प्राप्त बजेटबाट गुफाको भौतिक संरचना, गुफासम्म पुग्ने पदमार्ग, धर्मशालालगायत भौतिक संरचना निर्माण गरिने उनको भनाइ छ ।

    वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागि बजेट सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको छ

    “अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागतरुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने विशेषता देख्न सकिन्छ”, उनले भने, “यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छौँ ।”

    गुफा ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयको छ । ऐतिहासिक यस गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

    नीति कार्यक्रम तथा बजेटमा तिलाका पर्यटकीय क्षेत्रको परिचान गरी प्रचारप्रसार र संरक्षणलाई पालिकाले विशेष प्रथामिकतामा राखेको गाउँपालिका कार्यालयले जनाएको छ ।

    नाग्ममा अर्गानिक कोसेली घर स्थापना

    कर्णाली राजमार्ग सडकखण्डको जुम्ला र कालिकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देशीय सहकारी संस्था जुम्लाले अर्गानिक कोसेली घर स्थापना गरेको छ । 

    जिल्लामा उत्पादन हुने रैथानेबालीको बजारीकरण र आन्तरिक तथा बाह्य पर्यटनसम्म अर्गानिक कोसेली सहजरुपमा पु¥याउने उद्देश्यले राजमार्गको कालिकोट, जुम्ला हुँदै मुगुसम्मको मुख्य खण्डको नाग्म बजारमा अर्गानिक कोसेली घर स्थापना गरिएको हो ।

    उत्पादित रैथाने कृषिबाली सिधैँ उपभोक्ताको पहुँचमा पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई राहत पुग्ने खत्रीले बताए । कोसेली घरले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा समेत गरिएको छ ।

    स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्गमा कोसेली घर सञ्चालन गरिएकोसहकारी संस्थाले जनाएको छ । 

    जुम्ला र कालिकोटका महिलाले उत्पादन गरेका वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको हो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend