images

२०८३ आश्विन १६ गते

images
images
images

शिक्षिकाले लठ्ठीले हिर्काउँदा विद्यार्थीको आँखा फुट्यो

शिक्षिकाले लठ्ठीले हिर्काउँदा विद्यार्थीको आँखा फुट्यो

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं। शिक्षिकाको कुटाइबाट एक विद्यार्थीको आँखा फुटेको छ। घटना पश्चिम नवलपरासीको प्रतापपुरमा भएको हो। उक्त स्थानमा रहेको एच पाठशालाका यूकेजीका विद्यार्थी ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो।

    images
    images

    शिक्षिका सन्जु चौधरीले प्रशान्तलाई लठ्ठीले हानेकी थिइन्। घटना गत मंसिर १८ गते भएको हो। त्यसबारे प्रहरीमा ढिलो गरी उजुरी परेको हो। उजुरी परेपछि पुस १९ गते प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउको अनुमति लिएको थियो।

    ती शिक्षिका सम्पर्कविहीन बनेकी छन्। उनको खोजी भइरहेको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए।प्रहरीका अनुसार कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले चौधरीलाई हिर्काएकी थिइन्। त्यस क्रममा उनको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजितकुमार गुप्ताको भनाइ छ।

    images
    images

    घटनापछि विद्यालयका शिक्षक, कर्मचारीले प्रशान्तलाई उपचारका लागि गोपीगञ्ज बजार लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याएका थिए।

    त्यहाँका चिकित्सकले जाँचपछि बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरीले बताए। शल्यक्रिया गरी प्रारम्भिक उपचार भएको उल्लेख गर्दै उनले रगत जमेकाले अझै दुई पटक शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend