images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • एनवाईईएफ स्टार्टअप अवार्ड्स सम्पन्न, खेतीपाती अर्गानिक्सले...

एनवाईईएफ स्टार्टअप अवार्ड्स सम्पन्न, खेतीपाती अर्गानिक्सले पायो १ लाख

एनवाईईएफ स्टार्टअप अवार्ड्स सम्पन्न, खेतीपाती अर्गानिक्सले पायो १ लाख

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौँ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले ग्लोबल आईएमई बैंक प्रस्तुत एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० सम्पन्न गरेको छ। नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित कार्यक्रम काठमाडौँको प्रतिष्ठित हयात रेजेन्सी होटलमा गरिएको हो । कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको थियो । 

    images
    images

    यस वर्षको विजेता डीएल अपलोडलाई रु. ४,००,००० नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरियो। उपविजेता मेल्ट डाउनलाई रु. २,००,००० नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले Audience Pick Award जित्दै रु. १,००,००० प्राप्त गर्‍यो।कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए। यसैगरी प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता औँल्याए।

    एनवाईईएफ काठमाडौँ च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले कार्यक्रमलाई कुशल नेतृत्वद्वारा सञ्चालन गरे। उनको नेतृत्वमा एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०ले नवीनता र उद्यमशीलतालाई प्रेरणा दिने उत्कृष्ट मञ्चको रूपमा व्यापक प्रशंसा प्राप्त गर्‍यो।

    images
    images

    कार्यक्रममा ⁠डीएल अपलोड, ⁠मेल्ट डाउन, ⁠खेतीपाती अर्गानिक्स,   ⁠ज्ञान बजार,  ⁠ई-कागजपत्र, ⁠माच२० अर्बिटल्स र  ⁠स्मार्टपालिक अन्तिम चरणमा पुगेका थिए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend