images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल बैंक र बुद्ध एयरबिच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता

नेपाल बैंक र बुद्ध एयरबिच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौँ । बैंक नेपाल बैंक लिमिटेड र बुद्ध एयरबिच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।  बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

    images
    images

    सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई टिकट शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएकोे छ ।

     सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend