images

२०८३ आश्विन २२ गते

images
images
images

पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण

पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण

images
images
शनिवार, पौष २७ २०८१
शनिवार, पौष २७ २०८१
  • काठमाडौँ, २७ पुसः चालु आर्थिक बर्षको मङ्सिर मसान्त सम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले बढेको थियो ।

    images
    images

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार ती ३ सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ७१ हजार  ९ सय ७५ र एक लाख दुई हजार पाँच सय ४२ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend