images

२०८३ आश्विन २२ गते

images
images
images

६ खर्ब बढी रेमिटेन्स भित्रिँदा विदेशी मुद्रा सञ्चिति पुग्यो २२ खर्ब ७३ अर्ब

६ खर्ब बढी रेमिटेन्स भित्रिँदा विदेशी मुद्रा सञ्चिति पुग्यो २२ खर्ब ७३ अर्ब

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  •  काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिर) मा ६ खर्ब ४० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २४ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। मंसिर एक महिनामा मात्रै एक खर्ब १८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। 

    images
    images

    गत आर्थिक वर्ष २०८०–८१ को पाँच महिनामा ६ खर्ब १३ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।यो पाँच महिनामा तीन अर्ब १८ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ।पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा भने दुई लाख ७४हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या तीन लाख २५ हजार बढी छन्।त्यस्तै, आयातमा सामान्य सुधार भए पनि रेमिटेन्स बढ्दा मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।

    images
    images

    विदेशी मुद्राको सञ्चिति २२ खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १६ अर्ब ७५ करोड डलर छ।मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १८ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। 

    आयात तीन प्रतिशतले मात्रै बढेको छ। यो अवधिमा ६ खर्ब ६१ अर्ब रूपैयाँको आयात भएको हो। अघिल्लो वर्षको यही अवधिमा ६ खर्ब ४२ अर्ब रूपैयाँको आयात भएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend