images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • राष्ट्रिय परिचयपत्र कार्ड हटाइँदै, क्युआर...

राष्ट्रिय परिचयपत्र कार्ड हटाइँदै, क्युआर र नम्बर प्रयोगमा ल्याउने तयारी

राष्ट्रिय परिचयपत्र कार्ड हटाइँदै, क्युआर र नम्बर प्रयोगमा ल्याउने तयारी

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कार्ड हटाएर क्युआर र नम्बर प्रयोगमा ल्याउने भएको छ। विभागले कार्डको ठाउँमा सबै परिचय खुल्ने गरी क्युआर र नम्बरमात्र प्रयोगमा ल्याउन लागेको हो।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक तथा सूचना अधिकारी कशिवराज सेढाईकाअनुसार राष्ट्रिय परिचयपत्रको कार्ड छाप्ने र वितरण गर्न काम चाँडै बन्द हुँदैछ।

    images
    images

    हाल विभागले वितरण गरिरहेको राष्ट्रिय परिचयपत्र नम्बरमा व्यवस्थापन गर्ने र त्यही नम्बरमा क्युआर जोडेर राष्ट्रिय परिचयपत्रको सबै काम गर्ने तयारी भइरहेको उनले बताए।‘राष्ट्रिय परिचयपत्रको नम्बर क्युआर भए विश्वमा रहेका सबैले नेपालीलाई प्रयोग गर्न सजिलो हुन्छ। त्यही भएर कार्डको स्थानमा नम्बर र क्युआर सञ्चालनमा ल्याउन लागिएको छ। अहिले यस विषयमा अध्ययन र छलफल भइरहेको छ,’ उनले भने।

    हाल विश्वमा क्युआर र नम्बरका आधारमा परिचयपत्र वितरण गर्ने प्रचलन बढ्दो छ। सोही प्रविधिअनुसार क्युआर र नम्बरबाट सबै नागरिकको परिचय खुल्ने गरी वितरण गर्न लागिएको उनको भनाइ छ।राष्ट्रिय परिचयपत्र वितरण र छपाईमा प्रश्न उठेपछि यसलाई नम्बर र क्युआर प्रणालीमा लैजान लागिएको विभागले जनाएको छ। विभागमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका व्यक्ति एक सातामा नम्बर र चार देखि ६ महिनामा कार्ड पाउने गरेका छन्।

    images
    images

    पञ्जीकरण विभागको अनलाइन प्रणालीले काम नगर्दा राष्ट्रिय परिचयपत्र नम्बरका लागि आवेदन दिन पनि कुर्नुपर्ने अवस्था छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई जतिसक्दो सहज र छिटो माध्यमबाट वितरणको तयारी गरिरहेको विभाग सूचना अधिकारी सेढाईले जानकारी दिए।विभागका अनुसार १ करोड ६५ लाख नागरिकले राष्ट्रिय परिचयपत्र नम्बर लिएका छन्। जसमध्ये ६० लाख कार्ड छापिएको र साढे १८ लाखको हातमा कार्ड परेको विभागले जनाएको छ।६० लाख छापिएका कार्डमध्ये ५५ लाख सम्बन्धित जिल्लामा पुगेको र बाँकी काठमाडौँबाटै वितरण हुने विभागले जनाएको छ।

    विभागका अनुसार हाल राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा राहादानीको काम भइरहेको छ भने माघ एक गतेदेखि बैंकको खाता खोल्नपनि त्यही नम्बर काम लाग्ने छ।राष्ट्र बैंकले बिहीबार मात्रै राष्ट्रिय परिचयपत्रका आधारमा माघ १ देखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाइने सूचना जारी गरेको थियो।राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोलिदिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई बिहीबार राष्ट्र बैंकले परिपत्र जारी गरेको छ।

    केन्द्रीय बैंकको उक्त निर्णयले सेवाग्राही प्रभावित हुने देखिन्छ भने राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य चाहिने राष्ट्र बैंकको निर्णयले बैंक खाता खोल्न झन्झट हुने सेवाग्राहीले गुनासो गर्न थालेका छन्।सरकारले २०७५ साललेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको थियो। तीन वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले हालसम्म पनि राष्ट्रिय परिचयपत्र सबै नागरिकको हातमा वितरण गर्न सकेको छैन।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend