images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज पनि बढ्यो सुनको भाउ, आज...

आज पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

आज पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

    images
    images

    बुधबार प्रतितोला पाँच सय रूपैयाँ, बिहीबार प्रतितोला आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला आठ सय रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

    images
    images

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend