images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व...

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • सिरहा- सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ।

    images
    images

    नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए। “यहाँ मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा उत्पादन हुने कृषि उत्पादन यो नाका हुँदै पैठारी गर्न र नेपालमा उत्पादित कृषिजन्यउपज भारत निकासी गर्न कठिनाइ हुँदै आएको छ”, उनले भने, “व्यवसायी र कृषकले समस्या भोग्नुपरेको छ, चोरी निकासी र पैठारी नियन्त्रण हुन सकिरहेको छैन।”

    क्वारेन्टाइन कार्यालय नहुँदा एकातिर व्यापारी विस्तारै निरुत्साही हुँदै गएका छन् भने अर्कातिर भन्सार अगाडिको सडकखण्डमा घण्टौँसम्म नेपाल भित्रिने मालबाहक सवारीसाधन लाम लाग्ने गरेका छन्। प्रमुख भन्सार अधिकृत सापकोटाका अनुसार नेपाल प्रवेश गर्ने मालबाहक सवारीसाधनको क्वारेन्टाइन प्रक्रियाकै लागि घण्टौँ लाग्ने हुँदा सडकमै सवारीसाधन पार्किङ गर्नुपर्ने समस्याले आवागमन समेत प्रभावित हुने गरेको छ।

    images
    images

    माडर भन्सार भएर दलहन, फलफूल, तरकारी तथा पशुपन्छी र दूधजन्य वस्तु आयात निर्यातमा समस्या भएको छ भने खाद्य, तेल, मैदा, दाना, बेकरीसँग सम्बन्धित उद्योग प्रभावित भएका छन् । वार्षिक रु १२ करोडभन्दा बढी राजस्व उठाउने यस भन्सार कार्यालयमा विषादी चेक गर्ने सामान्य प्राविधिक कर्मचारीको अभावमा प्लान्ट क्वारेन्टाइन सेवा नहुनु दुःखद् विषय भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ।उनले भने, “यहाँको नाकामा प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भन्सार कारोबारमा प्रभाव परेको छ। भन्सारको ९० प्रतिशत आम्दानी कृषजन्य वस्तु आयातबाट हुने हो। राजस्व छली नियन्त्रण गर्न पनि जिल्लामा प्लान्ट क्वारेन्टाइन सेवा अनिवार्य छ।”

    प्लान्ट क्वारेन्टाइन नभएपछि व्यवसायीले पूर्वमा विराटनगर भन्सार कार्यालय तथा पश्चिममा जलेश्वर भन्सार कार्यालय भएर सामान निर्यात गर्नुपरेको छ। यसरी लामो दूरी तय गर्दा ढुवानी खर्च बढ्न गई उपभोक्ता चर्को मूल्यवृद्धिको मारमा पर्ने गरेका जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाको भनाइ छ। उनले भने, “भन्सारको मुख्य आम्दानी नै कृषिजन्य वस्तु हो, त्यसैले यहाँ जति सक्दो चाँडो प्लान्ट क्वारेन्टाइन स्थापना गर्नुपर्छ। स्थापनापछि राजस्व असुली अहिलेको तुलनामा तीन गुणा वृद्धि हुनेछ।”प्रमुख भन्सार अधिकृत सापकोटाका अनुसार प्लान्ट क्वारेन्टाइनको समस्यालाई समाधान गर्न विगतदेखि पटकपटक सम्बन्धित मन्त्रालय र विभागबाट प्रयासहरु भए पनि हालसम्ममा सार्थकता पाउन सकेको छैन।

    विसं २०७८ असोजमा अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित भन्सार कार्यालयले उपलब्ध गराएको कार्यकक्ष प्रयोग गरी कृषिजन्य वस्तुको आवश्यक निरीक्षण परीक्षण गरी छोडपुर्जी जारी गर्ने गरी क्वारेन्टाइन सम्पर्क विन्दु स्थापना गर्ने तथा उक्त सम्पर्क विन्दुमा काम गर्न हाल कार्यरत क्वारेन्टाइन कार्यालय कृष्णनगर, भैरहवा र जलेश्वरबाट एक/एक प्राविधिक कर्मचारी भन्सार कार्यालय क्रमशः सुठौली, महेशपुर र सिरहालाई उपलब्ध गराउने निर्णय भएको थियो। त्यसको भोलिपल्टै कृषि तथा पशुपन्छी विकास मन्त्रायले सोहीअनुरुप गर्न भनी प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुरलाई पत्र लेखेको थियो।प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनबाट उक्त निर्णय अविलम्ब कार्यान्वयन गर्न भनी क्वारेन्टाइन कार्यालय जलेश्वर, भैरहवा र कृष्णनगरलाई सम्बोधन गरी पत्राचार भएको प्रमुख भन्सार अधिकृत सापकोटाले बताए।

    यहाँ खटिइ आउने कर्मचारीका लागि आवश्यक कार्यकक्ष उपलब्ध गराई सहयोग गर्न भनी भन्सार विभाग त्रिपुरेश्वरबाट २०८० जेठ २४ गते भन्सार कार्यालय सिरहा, महेशपुर र सठौलीलाई पत्राचार समेत गरिएको थियो। उक्त निर्णय तथा पत्राचार भएको लामो समयसम्म पनि प्लान्ट क्वारेन्टाइनको व्यवस्था नभएपछि सेवा प्रवाहमा समस्या भएको उनले बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend