images

२०८३ कार्तिक १ गते

images
images
images

एनआईसी एशिया बैंकले तीन ओटा कम्पनीको संस्थापक सेयर बिक्री गर्ने

एनआईसी एशिया बैंकले तीन ओटा कम्पनीको संस्थापक सेयर बिक्री गर्ने

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्को स्वामित्वमा रहेका तीन ओटा कम्पनीको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नागरिक लगानीकोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५९ हजार ६० कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

    images
    images

    नागरिक लगानीकोषको सेयर मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २५३ रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ । यी सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

    उक्त सेयर खरिदका लागि पुस २५ गतेदेखि माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ । यी सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।यी सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि जारी गरिसकिएको छ । विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन नदिएपछि अन्य व्यक्ति तथा संस्थामा यी सेयर बिक्री गर्न लागिएको हो । 

    images
    images

    नागरिक लगानीकोषका लागि न्यूनतम् १० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको लागि न्यूनतम् ५ हजार कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको लागि न्यूनतम् ५ हजार कित्ता माग गर्नुपर्नेछ ।

    अधिकतम्मा हद तोकिएको छ । यी सेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताले पुस २५ गतेपछि कम्पनीहरूले प्रस्ताव गर्ने लाभांश तथा हकप्रद सेयरसमेत प्राप्त गर्न योग्य हुनेछन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend