images

२०८३ कार्तिक १ गते

images
images
images

६ वटा विकास बैंक र फाइनान्समा राष्ट्र बैंकको निगरानी

६ वटा विकास बैंक र फाइनान्समा राष्ट्र बैंकको निगरानी

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले कमजोर वासलात भएका विकास बैंक तथा फाइनान्स कम्पनीमा पनि निगरानी बढाएको छ।  बैकले ६ वटा कम्पनीको तरलता अवस्था विश्लेषण गर्न थालेको हो।

    images
    images

    बैंकले नारायणी विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक र फाइनान्सतर्फ पोखरा फाइनान्स र जानकी फाइनान्सको तरलता अवस्था विश्लेषण गरिरहेको जनाएको छ। 

    पछिल्लो समय कमजोर वासलातलाई पनि लुकाएर वित्तीय विवरण सार्वजनिक गरेको भेटिएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमाथि कडा निगरानी गर्न थालेको छ। 

    images
    images

    यसअघि कर्णाली विकास बैंकले ४१ प्रतिशत रहेको खराब कर्जालाई लुकाएर ८ प्रतिशत मात्रै देखाएको थियो।  यसबाट झस्किएको राष्ट्र बैंकले कमजोर बैंक तथा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्थामाथि निगरानी बढाएको हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend