images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • लाभांश पारित गर्न भोलि बस्दै सर्वोत्तम...

लाभांश पारित गर्न भोलि बस्दै सर्वोत्तम सिमेन्टको साधारण सभा

लाभांश पारित गर्न भोलि बस्दै सर्वोत्तम सिमेन्टको साधारण सभा

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । सर्वोत्तम सिमेन्टको लाभांश पारित गर्न साधारण सभा भोलि बस्दै छ। कम्पनीको भोलि पुस २६ गते साधारण सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ । 

    images
    images

    साधारण सभाबाट कम्पनीले बोनस सेयर र नगद गरि कुल १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दैछ। कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशतले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो। सोही लाभांश साधारण सभा बाट पारित हुनेछ।

    साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ। जस अनूसार बुक क्लोजअघि कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend