images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • पहिलो पटक बर्ड फ्लूबाट अमेरिकामा मानव...

पहिलो पटक बर्ड फ्लूबाट अमेरिकामा मानव मृत्यु रेकर्ड

पहिलो पटक बर्ड फ्लूबाट अमेरिकामा मानव मृत्यु रेकर्ड

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • अमेरिकामा बर्ड फ्लूबाट पहिलो पटक मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ। बिरामी ६५ वर्ष भन्दा माथिका रहेका थिए।

    images
    images

    “लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपिएआइ) को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ,” लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । यो लुइसियानामा एच५एन१ को एक मात्र मानव केस हो ।

    “विभागले बिरामीको परिवार र साथीहरूलाई आफ्नो प्रियजनको निधनमा शोक व्यक्त गर्दै गहिरो समवेदना प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ । चरा, कुखुरा वा गाईहरू सँग काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहेका विज्ञप्तिमा उल्लेख भएको छ ।

    images
    images

    लुइसियानाको स्वास्थ्य विभागले आफू र आफ्नो परिवारलाई एच५एन१ बाट जोगाउने उत्तम उपाय भनेको जोखिमको स्रोतबाट बच्नु हो । यसको अर्थ जङ्गली चराहरू र बर्ड फ्लू भाइरसबाट सङ्क्रमित जनावरहरू सँग प्रत्यक्ष सम्पर्कबाट जोगिनु हो ।

    यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडसिी) का अनुसार अमेरिकामा बर्ड फ्लुका कूल ६६ मानव केसहरू रिपोर्ट गरिएको छ ।

    अमेरिकामा बर्डफ्लुका बिरामी देखिएका दश राज्यमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वाशिङटन, विस्कन्सिन र टेक्सास रहेका छन् ।

    लुइसियानामा रिपोर्ट गरिएको केस अमेरिकामा एच५एन१ बर्ड फ्लूको पहिलो केस थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend