images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • जीरो इमिसन राइड एनले ल्यायो ...

जीरो इमिसन राइड एनले ल्यायो लुयानको मनसुन अफर

जीरो इमिसन राइड एनले ल्यायो लुयानको मनसुन अफर

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
  • काठमाडौँ - लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयान मनसुन अफर शुरु गरेको छ । यस अफर अन्तर्गत लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद रु.१० हजार नगद छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन्।

    images
    images

    एउटा प्रिमियम हेलमेट र एउटा रेनकोट समेत ग्राहकले निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरुले प्राप्त गर्नेछन् ।यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइने कम्पनीले जनाएको छ । साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ । यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाडौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीका सेल्स हेड शंकर शर्माले बताउनुभयो ।

    ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ । लुयानका स्कुटरहरु IP67  रेटेड वाटर एण्ड डस्ट रेसिस्टेन्स भएकाले जस्तो सुकै बर्षामा पनि चलाउन मिल्ने खालको हुन्छ ।लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग सिस्टम लगायत अत्याधुनिक प्रविधियुक्त फिचरको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको हामिले महसुस गरेका छौं ।

    images
    images

    विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन)’ ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र विश्वप्रशिद्ध ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको छ ।राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्राण्डका स्कुटरहरुको बिक्रिवितरण र बिक्रिपछिको सेवाको व्यवस्था मिलाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend