images

२०८३ आश्विन २२ गते

images
images
images

बुद्ध जन्मस्थल लुम्बिनीमा दानबापत १ करोड ४३ लाख संकलन

बुद्ध जन्मस्थल लुम्बिनीमा दानबापत १ करोड ४३ लाख संकलन

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ।

    images
    images

    आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए ।

    images
    images

    उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली गणना गर्ने गरिएको बताए ।दानपेटिकामा संकलित दानलाई सिसिटिभी क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरू खटाएर गणनाको व्यवस्था मिलाइएको थियो ।

    मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान चढाउँछन् ।दानबापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend