images

२०८३ आश्विन २१ गते

images
images
images

चितवनमा यस वर्ष तोरीखेती बढ्यो

चितवनमा यस वर्ष तोरीखेती बढ्यो

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • चितवन । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो । 

    images
    images

    गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३ हजार छ सय ४२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । क्षेत्रफल बढेसँगै उत्पादन पनि बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । गत आवमा यहाँ १७ हजार छ सय ८९ मेट्रिकटन तोरी उत्पादन भएको थियो । 

    छोटो अवधिमा उत्पादन लिन सकिने नगदेबाली भएको र निकुञ्ज नजिक रहेका ठाउँमा जङ्गली जनावरले अन्य बालीमा भन्दा तोरीमा कम क्षति पु¥याउने भएकाले यसतर्फ किसानहरूको आकर्षण बढेको हुनसक्ने उहाँले बताउनुभयो । तोरीखेती प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकाले तोरीखेतीप्रति किसानको आकर्षण वढ्दै गएको पौडेलको भनाइ छ । पूर्वी चितवनमा खैरहनी, कालिका र रत्ननगर नगरपालिका, पश्चिमी चितवनमा शिवनगर, पार्वतीपुर, शुक्रनगर, मेघौलीलगायत क्षेत्र र माडी नगरपालिकाका विभिन्न क्षेत्रमा तोरीखेती गरिँदै आइएको छ । रासस

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend