images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • दशैं–तिहारका लागि शुक्रबारदेखि सार्वजनिक...

दशैं–तिहारका लागि शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

दशैं–तिहारका लागि शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । आगामी शुक्रबारदेखि दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

    images
    images

    चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले उनीहरूको सहज यात्राका लागि विभागले यातायात व्यवसायी, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिसँग छलफल गरेको थियो । यस वर्षको दशैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ । अग्रिम टिकट बुकिङको औपचारिक निर्णय नहुँदा यात्रुहरूमा अन्योल देखिएको थियो । केही यातायात कम्पनीले भने यसअघि नै अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका थिए । बैठकले चाडपर्वका बेला यात्रुको सुरक्षा र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न निर्णयसमेत गरेको छ । जसअनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend