images

२०८३ आश्विन २१ गते

images
images
images
  • विश्व
  • अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीको दमदार बिदाइ,...

अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीको दमदार बिदाइ, १ गोल र २ असिस्टसँगै अर्जेन्टिनाको ३–० जित

अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीको दमदार बिदाइ, १ गोल र २ असिस्टसँगै अर्जेन्टिनाको ३–० जित

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • लिओनेल मेसीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनविरुद्ध ३–० को जित दिलाएका छन्। ३९ वर्षीय मेसीले यससँगै अर्जेन्टिनाबाट आफ्नो २०८औं तथा अन्तिम खेल खेल्दै महान् अन्तर्राष्ट्रिय करिअरको सुखद् अन्त्य गरेका छन्।

    images
    images

    अर्जेन्टिनाका लागि निकोलास ओटामेन्डीले मेसीको कर्नरमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि निको पाजले मेसीकै सरल पासमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। मेसीले पनि पेनाल्टीमार्फत गोल गरे। अगस्टिन जियालाई विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन्।

    खेल सुरु हुनुअघि राष्ट्रिय गान बज्दा मेसी भावुक बनेका थिए। आफ्नो अन्तिम राष्ट्रिय खेलका लागि मैदानमा उत्रनुअघि उनले आँसु रोक्ने प्रयास गरेका थिए। आठपटक बालोन डी’ओर जितेका मेसीको अन्तर्राष्ट्रिय करिअरको सम्मानमा खेलपछि विशेष बिदाइ समारोह आयोजना गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend