images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार...

सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन् ।दश वर्ष मलेसियामा बसेर फर्किएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिएका छन् ।

    images
    images

    उनले तीन वर्षअघि पाँच लाख लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गरेको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरूको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उनले बताए ।

    'सीप र पुँजी छ भने मान्छे भोकले मर्दैन', उनले भने, 'आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ ।' उनले पाँच जनालाई रोजगारी प्रदान गरेको बताए । हाल एउटै मेसिनबाट दिनरात काम गरिरहेको उनले बताए ।

    images
    images

    स्थानीय सरकारको सहयोग पाएमा आगामी दिनमा मेसिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने योजना बनाएको उनको भनाइ छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण (रेमी) परियोजनामार्फत उनको उद्यमलाई प्रवर्द्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend