images

२०८३ आश्विन १७ गते

images
images
images

सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता

सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । १५ अर्बबराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न सम्राट सिमेन्ट प्रालिले  र लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ। २०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि १५ अर्ब पाँच करोड बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो।

    images
    images

    लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्ने सम्बन्धी समझदारीपत्र (एमओयु) भएको हो।समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरेका छन्।लगानी बोर्डको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकामा लगानी वृद्धि पछि बोर्डमार्फत अघि बढ्नेछ।

    ‘सम्राटले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो । छ अर्बभन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी बोर्डमा आएको हो’, उनले भने, ‘परियोजना कार्यान्वयनका लागि आज पहिलो चरणको एमओयु भएको छ। अब परियोजना विकास सम्झौता र लगानी सम्झौतालगायत प्रक्रिया बाँकी छन्।’

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend