images

२०८३ आश्विन २१ गते

images
images
images

कफी खेतीमा आकर्षित हुँदै मदानेका कृषक

कफी खेतीमा आकर्षित हुँदै मदानेका कृषक

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • गुल्मी । पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि पेसा छोडेर कफी खेतीमा आकर्षित हुन थालेका छन्। मदाने गाउँपालिका-३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकहरू यति बेला बारीमा मकै र कोदोखेती छोडेर कफीको व्यावसायिक उत्पादन गर्न थालेका हुन्।

    images
    images

    तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूलाई व्यावसायिक रूपमा कफी खेतीप्रति आकर्षित गराउन तालिकासहित कफीको उत्पादन र यसको महत्वबारे जानकारी दिनाका साथै कफी खेती गर्न चाहनेलाई अनुदान उपलब्ध गराएपछि कृषकले परम्परागत खेती छोडेर यसतर्फ आकर्षित भएका सिर्सेनीका कृषक मेघलाल अर्यालले बताए।

    मकै र कोदोजस्ता परम्परागत खेती गर्दै आएका कृषकलाई कफी खेती तुलनात्मक रूपमा सहज भएको उनको भनाइ छ। यहाँका किसानले ‘तीन धारे कफी उत्पादन कृषक समूह’ मार्फत खेती सुरु गरेका अर्यालले बताए। उनका अनुसार चार वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्येक परिवारले व्यावसायिक रूपमा उत्पादन सुरु गरेका हुन्।

    images
    images

    यहाँका कृषकको बगैँचामा ५० देखि दुई हजारसम्म कफीका बोटहरू रहेका अर्यालले जानकारी दिए। चार वर्षअघि रोपेका बोटहरूले फल दिन सुरु गरेपछि कृषक पनि उत्साहित बनेका छन्। सिर्सेनीमा सबैभन्दा बढी कफी खेती गर्ने कृषकका रूपमा अर्याल चिनिन्छन्। दश रोपनी जग्गामा यति बेला दुई हजार बढी बोट रहेका कृषक अर्यालले जानकारी दिए। ‘चाँडै हुर्किएका बोटहरूबाट कफी पाक्न थालेको छ। विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले कफीले ढपक्क ढाकेको छ’, उनले भने। उनी जस्तै व्यावसायिक कफी खेती सुरु गरेका शशीधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले खेतीले आशा जगाएको बताए।

    जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी प्रमुख गंगाकुमारी पोख्रेलले व्यावसायिक कफी खेतीको विस्तारका लागि कार्यालयका तर्फबाट बिरुवा, मल, सिँचाइ, छहारीका लागि नेटजाली उपलब्ध गराइएको जानकारी दिइन्। परियोजनाले खेती सुरु गर्नु पूर्व गाउँमा ‘कफी पाठशाला’ सञ्चालन गरेर कृषकलाई व्यावसायिक र प्राविधिक ज्ञान दिएको उनले बताइन्।परियोजना प्रमुख पोख्रेलले जिल्लामा कफी खेतीमा कृषकहरूको आकर्षण बढे पनि समयसमयमा देखिने गवारो, ढुसी, डढुवालगायत सङ्क्रमणले बोटमा क्षति पुर्‍याउने गरेको उल्लेख गरिन्। 

    समयमा ती सङ्क्रमणका कारण लाग्ने रोगको पहिचान गरी समाधान गर्न सकेमा जिल्लामा व्यावसायिक रूपमा कफी खेती गर्ने कृषकको सङ्ख्यामा थप हुँदै जाने जिल्ला समन्वय समितिका प्रमुख दोर्णबहादुर खत्रीले बताए। कफी उत्पत्तिको जननी मानिने गुल्मीमा अहिले दुई सय ४१ हेक्टरभन्दा बढी क्षेत्रफलमा कफी खेती गरिँदै आइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

    जिल्लामा उत्पादन हुने कफी जापान, कोरियालगायत मुलुकमा निर्यात हुने गर्दछ। पछिल्लो समयमा ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँप चौर, कफी अनुसन्धान केन्द्र भण्डारी डाँडालगायत स्थानीय तहले कृषकलाई व्यावसायिक कफी खेतीका लागि अनुदानका साथै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend