images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • सयौ साइबर ठगीमा सक्रिय, सचेत रहन...

सयौ साइबर ठगीमा सक्रिय, सचेत रहन सिआइबीको आग्रह

सयौ साइबर ठगीमा सक्रिय, सचेत रहन सिआइबीको आग्रह

images
images
शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साइबर ठगी कार्यमा हालसम्म पाँच सय बढी सन्दिग्ध फोन नम्बर सक्रिय रहेको भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ ।

    images
    images

    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले शुक्रवार एक विज्ञप्ति सार्वजनिक गर्दै सचेत रहन आग्रह गरेका छन् । 

    विज्ञप्ति अनुसार हाल ई सेवा, खल्ती जस्ता वालेट, बैङ्क तथा वित्तीय संस्थाको लोगो राखेर ती संस्थाको आधिकारिक व्यक्ति हुँ भन्दै फोन गर्ने, व्यक्तिगत खाताको गलत पासवर्ड पटक पटक राखेर ‘टेम्पोररी क्लोज’ गराउने र त्यही समय प्रयोगकर्तालाई फोन गरी तपाईँको खातामा समस्या छ भनेर ओटिपी नम्बर मागी रकम चोर्ने गरेका घटना देखिएका छन् । यस्तै अनलाइन व्यापारका नाममा अनेक किसिमका ठगी धन्दा चलाउने जस्ता पनि घटिरहेको विज्ञप्तिमा उल्लेख छ । 

    images
    images

    यस्तै घटनाहरूबाट हाल सालै पोखरामा ५७ लाख, चितवनका १६ लाख, नेपाल सरकारकै कर्मचारीको ५ लाख५० हजार गरी करोडौँ ठगिएका घटना देखिएको पनि सिआइबीले जनाएको छ । 

    ‘यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी सन्दिग्ध फोन नम्बरहरू सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएको फोन तथा मेसेजहरू नउठाउन र रिप्लाई नदिन’ सिआइबीले आग्रह गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend