images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपालमा तारे होटलभन्दा रिसोर्टको बसाइ महँगो,...

नेपालमा तारे होटलभन्दा रिसोर्टको बसाइ महँगो, कुनमा कति ?

नेपालमा तारे होटलभन्दा रिसोर्टको बसाइ महँगो, कुनमा कति ?

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । नेपालमा तारे होटलभन्दा रिसोर्टको बसाइ महँगो हुने गरेको पाइएको छ ।केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार तारे होटलको तुलनामा रिसोर्टको मूल्य बढी देखिएको छ । तारे होटलका स्ट्यान्डर्ड कोठा (सिंगल बेड) को औसत मूल्य ६ हजार ९ सय १६ रुपैयाँ प्रतिरात रहेको देखिएको छ । रिसोर्टको भने प्रतिरात ७ हजार ४ सय ५९ रुपैयाँ रहेको छ ।

    images
    images

    उता, स्ट्यान्डर्ड रुम (दुई वा त्यसभन्दा बढी बेड) को मूल्य तारे होटलमा ६ हजार ५ सय ६४ रुपैयाँ औसत रहेको देखिन्छ । रिसोर्टमा भने प्रतिरात ६ हजार ७ य २९ रुपैयाँ रहेको छ ।डिलक्स/सुपर डिलक्सतर्फ भने पाँचतारे होटलको बसाइ महँगो देखिन्छ । तारे होटलका डिलक्स/सुपर डिलक्समा औसत १० हजार ३८ रुपैयाँ मूल्य रहेको छ । रिसोर्टका डिलक्स/सुपर डिलक्स कोठाको मूल्य औसत ७ हजार २ सय ८२ रुपैयाँ रहेको छ ।

    सुइट/कटेज र भिल्लाको बसाइ भने रिसोर्टमा महँगो पर्ने देखिएको छ । यस्ता कोठाको तारे होटलको औसत मूल्य १९ हजार २ सय १४ र रिसोर्टको मूल्य औसत १९ हजार ६ सय ४ रुपैयाँ रहेको देखिएको छ । सुइट रुमको बसाइ तारे होटलतर्फ कोसी प्रदेशमा सबैभन्दा महँगो छ । जहाँ प्रतिरात एक कोठाको ३४ हजार २ सय ७० पर्न जान्छ ।

    images
    images

    No description available.

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend