जनकपुरधाम । चिसो बढेपछि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरू शुक्रबारदेखि १० दिनका लागि बन्द भएको छ ।
जनकपुरधाम उपमहागरले संस्थागत तथा सामुदायिक विद्यालयहरूमा शुक्रबारदेखि २९ पुससम्मका लागि जाडो बिदा दिएको हो ।
वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको उपमहानगरले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
केहीदिन यता तराई मधेशमा जाडो बढ्दा जनजीवन प्रभावित बनेको छ ।




.gif)





