हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँतिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट २०८१ अफरको बम्पर विजेताको नाम लक्की ड्रमार्फत घोषणा गरेको छ ।
सो अफरअन्तर्गत सुनसरीका इन्द्रप्रसाद गुरागाईं (कुपन नम्बर थ३, अलायन्स मोटर्स प्रालि, हुन्डाई बिर्तामोडका ग्राहक)ले हुन्डाई एक्स्टर जितेका छन् ।
सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एक जना विजेतालाई हुन्डाई एक्स्टर जित्ने मौका थियो ।
हुन्डाई फेस्टिभ डिलाइट २०८१ अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्रमार्फत सोमबार ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहेकी थिइन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गका निम्ति समयसुहाउँदा विभिन्न नौला योजनाहरू ल्याउने गरेको छ र हुन्डाई फेस्टिभ डिलाइट २०८१ योजनामार्फत पनि ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।






