images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • भन्सार छलीका सामग्रीमा प्रहरीको कडाइ, पाँच...

भन्सार छलीका सामग्रीमा प्रहरीको कडाइ, पाँच महिनामा मधेशबाट ६१ करोड राजस्व संकलन

भन्सार छलीका सामग्रीमा प्रहरीको कडाइ, पाँच महिनामा मधेशबाट ६१ करोड राजस्व संकलन

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं ।भन्सार छलीका सामग्रीमा कडाइ गरेपछि चालु आर्थिक वर्षको पाँच महिनामा भन्सार छली गरेर ल्याइएका विभिन्न सामग्रीबाट मधेश प्रदेश प्रहरीले ६१ करोड राजस्व संकलन गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा भन्सार छली चोरी निकासी गर्नेहरूबाट ६० करोड ७२ लाख रुपैयाँ संकलन भएको हो ।

    images
    images

    वीरगञ्जबाट सबैभन्दा बढी भन्सार छलीको सामग्री भित्रिएको मधेश प्रदेश प्रहरीको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी पर्साबाट भन्सार छली गरेर भित्रिएको सामग्रीबाट २९ करोड ८६ लाख ६५ हजार बराबर राजस्व संकलन भएको छ ।

    त्यस्तै धनुषाबाट ४ करोड ६९ लाख ८४ हजार, सिरहाबाट ८५ लाख ४४ हजार र सप्तरीबाट ८७ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको बोहराले बताए ।  त्यस्तै, बाराबाट १४ करोड ८६ लाख ७५ हजार, रौतहटबाट एक करोड ६८ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । बोहोराका अनुसार सर्लाहीबाट ६ करोड १० लाख २८ हजार, महोतरीबाट एक करोड ७६ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend