images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • कर्णाली डेभलपमेन्ट बैंकबाट बचत रकम भुक्तानी...

कर्णाली डेभलपमेन्ट बैंकबाट बचत रकम भुक्तानी सुरु,कसले कहिले पाउँछ ?

कर्णाली डेभलपमेन्ट बैंकबाट बचत रकम भुक्तानी सुरु,कसले कहिले पाउँछ ?

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका बचतकर्तालाई भुक्तानी दिन सुरु भएको छ ।समस्याग्रस्त भएपछि बैंकको व्यवस्थापन जिम्मा लिएको नेपाल राष्ट्र बैंकले बुधबारदेखि  बचतकर्तालाई पैसा भुक्तानी गर्न थालेको हो । भुक्तानी प्रक्रिया बिहान ११ बजे सुरु हुनेछ। 

    images
    images

    पहिलो चरणमा २५ हजार रुपैयाँका दरले भुक्तानी दिन सुरु गरेको समस्या व्यवस्थापन समूहले जानकारी दिएको छ । पहिलो दिन बुधबार अत्यावश्यक र बिरामी भएका बचतकर्तालाई पैसा भुक्तानी गरिएको छ । बचत रकम भुक्तानीसँगै व्यवस्थापनको जिम्मा पाएको समूहले कर्जा असुलीको कामलाई पनि अगाडि बढाएको छ ।बैंकको वस्तुस्थिति र दायित्वको अवस्थासँगै यसका सुविधाका विषयमा उक्त समूहले अध्ययन गरेको थियो ।

    नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त गरी बाँके, बर्दिया र दाङ जिल्लामा शाखा रहेको यस बैंकमा करिब ४० देखि ५० हजार बचतकर्ता छन् । उनीहरुले करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत गरेका छन् भने बैंकले झन्डै साढे तीन अर्ब बराबर कर्जा वितरण गरेको व्यवस्थापन समूहले बताएको छ । राष्ट्र बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै बैंक व्यवस्थापनको सम्पूर्ण अधिकार खोसेको छ ।6776269ab5c67.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend