images

२०८३ आश्विन २२ गते

images
images
images

नेपालमा १ लाख ४२ हजार वटा होटेल तथा रेष्टुरेन्ट, १ लाख ६ हजार ४५९ जनाले पाए रोजगारी

नेपालमा १ लाख ४२ हजार वटा होटेल तथा रेष्टुरेन्ट, १ लाख ६ हजार ४५९ जनाले पाए रोजगारी

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । नेपालमा करिब डेढ लाख होटेल तथा रेष्टुरेन्ट रहेको पाइएको छ ।राष्ट्रिय होटेल तथा रेष्टुरेन्टको सर्वेक्षण २०८० ले यी होटल तथा रेष्टुरेन्टले वार्षिक रुपमा ३ खर्ब २६ अर्ब आम्दानी गरेका छन् ।सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा १ लाख ४२ हजार २२३ प्रतिष्ठानहरु सञ्चालनमा रहेका हुन् ।

    images
    images

    आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुमा संलग्न व्यक्तिहरुको संख्या ३ लाख ८७ हजार ७४७ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।संलग्न व्यक्ति भन्नाले प्रतिष्ठानमा सक्रियरुपले कार्यरत व्यवसायी तथा साझेदारहरु, वेतलबी पारिवारिक सदस्यहरु र तलबी रोजगार व्यक्तिहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।त्यस्तै यी होटल तथा रेष्टुरेन्टमा १ लाख ६ हजार ४५९ जनाले रोजगारी पाइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुमा रोजगार व्यक्तिहरुको संख्या भन्नाले प्रतिष्ठानबाट नियमित रुपले तलव/ज्याला लिनेगरी कार्यरत कर्मचारी तथा कामदार व्यक्तिहरु भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।प्रतिवेदन अनुसार होटेल तथा रेष्टुरेन्टले तलब/ज्याला तथा सुविधामा २० अर्ब ६१ करोड ५० लाख खर्च गरेका छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend