images

२०८३ आश्विन १५ गते

images
images
images

किन खाने अमला ? यस्ता अमला खानुका फाइदाहरु

किन खाने अमला ? यस्ता अमला खानुका फाइदाहरु

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरू हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ ।

    images
    images

    भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ । दैनिक एउटा अमला खादा विभिन्न फाइदाहरू पुग्छन्-

    मुटुको समस्या

    images
    images

    यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

    तौल कम

    अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

    पाचन

    अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

    कमजोरी

    अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरीरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

    अनुहारमा चमक

    यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

    राम्रो कपाल

    यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

    क्यान्सर

    अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend