images

२०८३ आश्विन २२ गते

images
images
images

मालिकामा दुई करोड ७२ लाख थप बजेट विनियोजन

मालिकामा दुई करोड ७२ लाख थप बजेट विनियोजन

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतमा राखेर थप बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको गाउँ सभाको  १६ औं अधिवेशनले चालु आर्थिक वर्ष २०८१-०८२ का लागि दुई करोड ७२ लाख रुपियाँ थप बजेट विनियोजन गरेको हो । 

    images
    images

    गत आर्थिक वर्षमा खर्च नभएर बाँकी रहेको अल्या बजेट दुईकरोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको एक करोड २० लाख मध्य खर्च नभएको गाउँपालिकाको लागत सहभागिता समपुरक कोषको ६० लाख गरी एक करोड ७२ लाख रुपियाँलाई विभिन्न योजनाहरूमा विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । 

    गाउँ सभाले दरबाङ–निस्कोट सडक स्तरोन्नतिलाई निरन्तरता दिनको लागि ५८ लाख रुपियाँ, विपन्न विद्यार्थी शैक्षिक सामग्री खरिदका लागि १० लाख, स्वास्थ्य औषधी तथा औजार खरिदमा थप तीन लाख ७० हजार, खोप्टी वस्ती संरक्षण १० लाख रुपियाँ विनियोजन भएको छ ।

    images
    images

    यसैगरी खर्बाङ खानेपानी नेवासँग साझेदारी १२ लाख, सोलीखोला लुक्सीपार सोले मोटरबाटो स्तरोन्नति तथा सडक निर्माणका लागि थप आठ लाख, ओखरबोट मावि अस्थायी भवन निर्माण  २० लाख र हिमाली युवा क्लब स्टेज तथा भवन निर्माणमा १४ लाख रुपियाँ विनियोजन भएको छ ।गाउँ सभामा आर्थिक विकास समिति संयोजक पथबहादुर रोकाले आर्थिक वर्ष २०८१-०८२ देखि आव ०८५-८६ सम्मको मालिका गाउँपालिकाको आवधिक योजना पेस गर्नुभएको थियो । सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले आव ०८१-८२ देखि आव ०८५-८६ सम्मको मालिका गाउँपालिकाको पञ्चवर्षीय गाउँ शिक्षा योजना पेस गर्नुभयो ।

    त्यस्तै गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक टंकबहादुर पुनले मालिका गाउँपालिका आकस्मिक कोष ऐन, २०८१ पेस गर्नुभएको थियो । गाउँ सभामा पेस भएका योजना र कार्यक्रमसहितका प्रस्तावहरु सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो । चालु आवमा कुल ४७ करोड ९१ लाख ७६ हजार बजेट प्रस्तुत गरेको मालिका गाउँपालिकाले पुस दोस्रो सातासम्म कुल बजेटको १६ दशमलव ७८ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जानकारी दिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend