images

२०८३ आश्विन २२ गते

images
images
images

२५ वर्षपछि ‘मध्यपुर महोत्सव’, अपेक्षा गरेभन्दा बढी आम्दानी

२५ वर्षपछि ‘मध्यपुर महोत्सव’, अपेक्षा गरेभन्दा बढी आम्दानी

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रबारबाट सुरु गरेको ‘मध्यपुर महोत्सव’ आइतबार सम्पन्न भएको छ । महोत्सवबाट अपेक्षा गरेभन्दा बढी आम्दानी भएको बताइएको छ । मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ आइतबार महोत्सव सम्पन्न गरिएको बताएका छन् ।

    images
    images

    ‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउनका लागि २५ वर्षपछि गरिएको यो महोत्सव आइतबार सम्पन्न गर्यौं । महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन भएको छ,’ उनले भने, ‘१०५ ठाउँमा घरेलु उत्पादनका सामानहरु राखिएको थियो ।’

    प्रमुख श्रेष्ठका अनुसार सोचे भन्दा बढी आम्दानी भएको छ । उनले भने,‘महोत्सवभरलाई तयार गरिएको परिकार महोत्सवको दोस्रो दिन नै सकिएको खबर पाएका थियौं । सबै तथ्यांक आइसकेको छैन तर औसतमा महोत्सवको दोस्रो दिन दुई करोड बढीको ब्यापार भएको छ ।’

    images
    images

    मेयर श्रेष्ठका अनुसार महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ रहेको छ । उनले भने,‘महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ हो । त्यसमा पालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रचारप्रसारका लागि नेपाल पर्यटन बार्डले सा लाख रुपैयाँ दिएको छ । भने, अरु सबै रकम स्थानीय विद्यालय, सहकारीलगायतको प्रायोजन हो ।’

    योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका राखिएका स्टलमा अवलोकनकर्ताको बढी भीड लागेको थियो । महोत्सवमा आकर्षण अ‍ैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो ।महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवद्र्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराइएको थियो ।


     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend