images

२०८३ आश्विन २२ गते

images
images
images

पुस ११ सम्म काठमाडौँ महानगरपालिकाले सक्यो ४ अर्ब १ करोड ४ लाख बजेट

पुस ११ सम्म काठमाडौँ महानगरपालिकाले सक्यो ४ अर्ब १ करोड ४ लाख बजेट

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस ११ गतेसम्म कुल बजेटमध्ये ४ अर्ब १ करोड ४ लाख ५६ हजार खर्च गरेको छ । आइतबार नगरसभाको १६ औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले चालु आर्थिक वर्षमा कुल विनियोजित बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ रहेकोमा पुस ११ गतेसम्म ४ अर्ब १ करोड ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको जानकारी गराएकी हुन् । 

    images
    images

    जुन कुल विनियोजनको १६ दशमलब १० प्रतिशत रहेको उनको भनाइ छ । यस्तै समग्रमा चालु खर्च २३ दशमलब ५८  र पुँजीगत खर्च १० दशमलब ९२ प्रतिशत भएको उनले बताइन् । हालसम्म पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ ।

    त्यसैगरी सुशासनमा ७.९२, कार्यालय सञ्चालनमा सबैभन्दा धेरै ३६.५४ प्रतिशत खर्च भएको छ ।  राजश्व आम्दानी तर्फ १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण भएकामा कुल ४ अर्ब ९ करोड ८९ लाख ३६ हजार आम्दानी भएको पनि डंगोलले जानकारी दिइन् । जुन कुल आम्दानीको लक्ष्यअनुसार ३१.०७ प्रतिशत रहेको उनको भनाइ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend