images

२०८३ आश्विन २२ गते

images
images
images

मंसिरसम्ममा बागमतीको बजेट खर्च १२ प्रतिशत मात्र

मंसिरसम्ममा बागमतीको बजेट खर्च १२ प्रतिशत मात्र

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मंसिरसम्ममा कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

    images
    images

    प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१/८२ को पाँच महिनामा कुल बजेटको ११.४२ प्रतिशत बजेट खर्च भएको छ।

    चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रूपैयाँको बजेट ल्याएकोमा पाँच महिनामा सात अर्ब ३७ करोड १९ लाख २५ हजार रूपैयाँ बजेट खर्च भएको उनले बताए। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ।

    images
    images

    विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६.२२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३.९० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले २.५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।

    आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र कात्तिकदेखि मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend