images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • चाकुको लागि प्रख्यात ठाउँ टोखा, युरोप,...

चाकुको लागि प्रख्यात ठाउँ टोखा, युरोप, अमेरिका र अष्ट्रेलियासम्म चाकु निर्यात

चाकुको लागि प्रख्यात ठाउँ टोखा, युरोप, अमेरिका र अष्ट्रेलियासम्म चाकु निर्यात

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौँ । चाकु माघे संक्रान्ति अर्थात् जाडोयाममा धेरै सेवन गरिने परम्परागत एवं मौलिक परिकार हो । सामान्य रूपमा अन्य समयमा यसको प्रयोग भए तापनि माघे संक्रान्तिको बेला बढी खपत हुने गर्छ ।काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्ने वित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि, टोखा चाकुको लागि प्रख्यात ठाउँ हो ।

    images
    images

    टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्तिमा बढी चाकुको माग हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाए पनि अहिले मागअनुसार १६ किसिमका चाकु बनाउने गरिएको छ ।

    टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए ।उनले भने, ‘चाकु व्यवसायले निरन्तर चार पुस्ता टेकेको छ । माघे संक्रान्तिमा चाकु खानुपर्छ भन्ने भाष्य समाजमा हरेकाले तिहार लगत्तै यो दुई महिना चाकुको अत्याधिक बजारमा पठाएका छौँ । चार पुस्तासम्म पेशामा निरन्तर लागि रहेका छौँ । पेशा मात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेका छौँ ।’

    images
    images

    चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुदाँ चिसो मौसममा यसको खपत बढी हुने गरेको उनले बताए । चाकुको उत्पादन दुई महिना मात्र भए पनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने श्रेष्ठको भनाइ छ । उनले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको पनि बताए ।उनका अनुसार पछिल्लो समय राष्ट्रियस्तरमा मात्र नभई अन्तरराष्ट्रिय जगत्मा पनि चाकु निर्यात गर्ने गरेको छ । अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशहरूमा चाकु बढी मात्रामा जाने गरेको उनको भनाइ छ ।

    उनले भने, ‘राष्ट्रिय स्तरमा मात्र नभई अन्तरराष्ट्रिय जगतमा पनि टोखाको चाकुको माग बढेको छ । वर्षमा कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक छैन । यहाँ अफ सिजन हुँदा बाहिर देशमा सिजन हुन्छ । सोहीअनुसार निर्यात गर्ने पनि गरेका छौँ । अष्ट्रेलिया, जर्मन, जापान, कोरिया जस्तो चिसो हुने देशमा चाकुको माग बढी हुन्छ ।’उनले चाकुको प्रकार अनुसारको मूल्य फरक हुने गरेको उनले बताए । चाकु व्यवसायले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग गर्ने गरेको भए पनि सरकारले त्यति ध्यान नदिएको पनि उनको गुनासो छ । उनले आफूहरूले दिएको करबाटै हामीलाई अनुदान दिएको भए पनि सहयोग गर्न असहज मान्ने गरेको उनले आक्रोश व्यक्त गरे ।

    उनले भने, ‘स्थानीय सरकारले व्यवसायलाई हेरेको छ जस्तो लाग्दैन । हामीले तिरेको कर हामीलाई नै दिने हो । १० लाख माग गर्‍यौँ भने दुई लाख आउँछ । स्थानीय सरकारले चासो नै दिएको छैन । नेताहरूले भाषण मात्र गर्ने हो काम कसैले गर्दैन । अनुदानको नाममा हामीबाट चाकु नै लिएर जानुहुन्छ ।’यसको साथै, बाहिर पठाउने चाकुको ल्याब टेस्ट पनि भारतमा गएर गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा नै यसको व्यवस्था गर्नसके व्यवसायीहरूलाई सहज हुने श्रेष्ठको भनाइ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend