images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैङ्कले वार्षिकोत्सवको अवसरमा ३५...

ग्लोबल आइएमई बैङ्कले वार्षिकोत्सवको अवसरमा ३५ जना छात्राहरुलाई छात्रवृत्ति

ग्लोबल आइएमई बैङ्कले वार्षिकोत्सवको अवसरमा ३५ जना छात्राहरुलाई छात्रवृत्ति

images
images
शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।

    images
    images

    बैङ्क पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ ।

    ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैङ्कले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    images
    images

    यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैङ्कले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । यस कार्यक्रम अन्तर्गत बैङ्कले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनोट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ ।

    यो कार्यक्रम अन्तर्गत बैङ्कले अहिले सम्म १४० जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ ।

    समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैङ्कले जनाएको छ ।

    यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैङ्कको विश्वास छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend