images

२०८३ आश्विन २२ गते

images
images
images

५ महिनामा ५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात

५ महिनामा ५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा करिब ५ अर्ब बराबरको गलैँचा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँको  २ लाख ४६ हजार ४०४ वर्ग मिटर गलैँचा निर्यात भएको हो । 

    images
    images

    गत वर्षको यसै अवधिमा साढे ४ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो ।  सबैभन्दा बढी अमेरिकामा २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको गलैँचा निर्यात भएको छ । चीनमा ६१ करोड ६ लाख, जर्मनमा ३० करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।

    यस्तै भारतमा २५ करोड, बेलायतमा २२ करोड इटालीमा २२ करोड, फ्रान्समा १४ करोड, अस्ट्रेलियामा १३ करोड र बेल्जियममा १२ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।

    images
    images

    दुबई, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रिया, ब्राजिल, लाट्भिया, मालदिभ्स्लगायत ५० भन्दा बढी मुलुकमा गलैँचा निर्यात भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend