images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • जीवन बीमा कम्पनीहरुद्वारा ६५ अर्ब ७४...

जीवन बीमा कम्पनीहरुद्वारा ६५ अर्ब ७४ करोडको बीमा शुल्क आर्जन

जीवन बीमा कम्पनीहरुद्वारा ६५ अर्ब ७४ करोडको बीमा शुल्क आर्जन

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना ( साउनदेखि मंसिर) मा ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

    images
    images

     जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्कबाट १२ अर्ब ४७ करोड १ लाख, वैदेशिक रोजगार बीमा शुल्कबाट १ अर्ब १८ करोड ९७ लाख र नवीकरण बीमा शुल्कबाट ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ संकलन गरेका हुन् ।समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले यस अवधिमा २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ७६ करोड ४८ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ७ अर्ब ६६ करोड ३६ लाख र मेट लाइफले २ अर्ब ३३ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

    त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ८९ करोड ४९ लाख रुपैयाँ , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड ७६ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

    images
    images

    यसैगरी पाँच महिनामा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख रूपैयाँ, सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९९ करोड ६८ लाख रूपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड ७५ लाख, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ७९ करोड १४ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend