images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • अज्ञात रोगले धमाधम मर्न थाले मुगु...

अज्ञात रोगले धमाधम मर्न थाले मुगु गाउँमा चौरी

अज्ञात रोगले धमाधम मर्न थाले मुगु गाउँमा चौरी

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • मुगु । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाउँमा चौरी तथा याकहरू केही सातायता अज्ञात रोगले धमाधम मर्न थाले पछि कृषकहरू निकै चिन्तामा छन् ।

    images
    images

    हिमाली क्षेत्रका स्थानीय नागरीकहरूको आय आर्जनको स्रोत तथा मुगु गाउँका स्थानीय नागरिकहरूको यातायातको साधन नै चौरी र याक भएको हुनाले पनि कृषकहरु बढी चिन्तामा छन् ।

    चौरी र याकमा शुरुमा मुखबाट र्‍याल निकाल्ने, पातलो हरियो रङ्गको दिशा गर्ने, दिशामा हल्का रगत देखिने, घाँटी घ्यारघ्यार गर्ने, टाउको सुन्निने, घाँटी सुन्निने र एक ठाँउमा बसेकोबस्यैं हुने जस्ता लक्षण देखिने र २४ घण्टा भित्रमा याक तथा चौरीहरुको मृत्यु हुने गरेको छ ।

    images
    images

    स्थानीय नजिकको सरकार मुगुम कार्मारोङ्ख गाउँपालिकाको पशु शाखाबाट कर्मचारी आए पनि कुनै प्रकारको औषधि उपलब्ध नभएको र अन्य सरोकारवाला निकायहरूबाट पनि चौरीको उपचारको लागि पहल नभएको देखिन्छ ।

    याक र चौरीहरू यसरी नै मर्ने हो भने मुगालीहरू घरवारबिहीन हुने देखिन्छ । अहिलेको बजारमा प्रति ठूलो चौरी याकको मूल्य १ लाख २० हजार सम्म पर्छ। यो पटकको अज्ञात रोगले मुगुको मुगुगाउँका चौरी कृषकको ठूलो क्षति भएको मुगुम कामारोङ्ख २ मुगु गाउँका छोर्तेन लामाले बताएका छन् ।

    अहिलेसम्म उपचारका लागि स्थानीय सरकार र जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा खबर गर्दा पनि कुनै निकायबाट सुनुवाइ नभएको मुगुम कार्मारोङ्ख मुगुगाउँका कार्मा छिरीङ्ख लामाले बताएका छन् ।

    गाउँपालिका सँग भएको जनशक्ति र औषधिले मात्र समस्या समाधान नहुने अवस्था छ । चौरीहरूको स्वाव संकलन गरी ल्यावमा परीक्षणका लागि पठाउनुपर्ने भएकाले त्यसका लागि आवश्यक उपकरण जनशक्ति गाउँपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग आग्रह गर्दै पत्र पठाएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द रावलले बताए ।

    अहिले सम्म अन्दाजी १ सय भन्दा बढी अज्ञात रोकबाट मरेको मौखिक खबर आएको छ । टोलीले एकिन डाटा र मर्नुको कारण पत्ता लगाउने पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका पशुपंछी विकास तथा उत्पादन शाखा मुगुका प्रमुख धनबहादुर बानियाँले बताएका छन् ।

    मुगु । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाउँमा चौरी तथा याकहरू केही सातायता अज्ञात रोगले धमाधम मर्न थाले पछि कृषकहरू निकै चिन्तामा छन् ।

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend